आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

संक्रमितलाई बेड छैन भन्नु लज्जास्पद : कांग्रेस प्रवक्ता शर्मा

१८ बैशाख, २०७८ १६:२६ मा प्रकाशित

580 पटक पढिएको

bishwa prakash sharma

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमितलाई बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको टिप्पणी गरेका छन्। उनले संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस दिनुपर्ने बताउँदै युद्धस्तरमा समाधान खोज्न अनुरोध गरेका छन्।

‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो।तर संकटमा अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ।’शनिबार विज्ञप्ति जारी गर्दै शर्माले भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ।’

नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपील गरेको छ। गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको ब्यवहार भएको बताउँदै उनले यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन नसकिने प्रतिक्रिया दिएका छन्।

उनले राजनैतिक दलहरु, संघसंस्था र समाजसँग सरकारले के सहयोग अपेक्षा गरेको हो प्रष्ट पार्न माग गरेका छन्। ‘बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो। संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने बिज्ञ अनुमान र विश्लेषण छ। त्यो हद सामना गर्न बेड लगायतको बिस्तारमा सरकारसंग बजेट, पुर्वाधार या इच्छाशक्ति के अभाव छ।’जारी विज्ञप्तिमा भनिएको छ, ‘निजि क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने। राजनैतिक दलहरु, संघसंस्था र समाजसंग सरकारले गरेको सहयोग अपेक्षा के हो। फ्रन्टलाईनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने। खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ। यी समग्र बिषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी छ।’

उनले संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने भएकाले बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर अभिभावकत्व पूरा हुन नसक्ने तर्क गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome