शुक्रबार, २४ बैशाख २०७८
शुक्रबार, २४ बैशाख २०७८

IT Training Nepal

मुलुक कोरोनाले आक्रान्त हुँदा पनि सेयर बजारमा उत्साह

१९ बैशाख, २०७८ १७:१३ मा प्रकाशित

264 पटक पढिएको

stock market nepal

काठमाडौं – मुलुक कोरोना संक्रमणको महामारीबाट आक्रान्त भइरहेका बेला पुँजी बजारमा भने गजबको उत्साह देखिएको छ। बीचमा केही समय अलमलिएको सेयर बजार लकडाउनसँगै चम्किन थालेको छ।

लकडाउनपछि आइतबारको सेयर बजारको सूचक र कारोबार दुवै उत्साहजनक देखिएको छ।नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ विन्दुमा उक्लिएको छ। साताको पहिलो दिन आइतबार ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। लकडाउनले सबैतिर ठप्प भइरहेका बेला पनि यति ठूलो कारोबार हुनुले सेयर बजार आगामी दिनमा अझ चम्किने देखिन्छ। आइतबार २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको छ ।

नेप्सेले २७३५.४६ को उचाइ हासिल गरेपछि दुई सातामा २३० अंकले गिरावट आएको थियो। संक्रमणबाट बच्‍न घरघरमा बसेका लगानीकर्ताहरूको आकर्षणको केन्द्र सेयर बजार भएको छ। लकडाउन भएपछि बजार घट्छ भन्‍ने हल्ला र अनुमान गलब सावित भएको छ। एकथरीले कोरोना संक्रमणको जोखिम र लकडाउनको हल्ला फैलाएर केही दिन बजार घटाउने प्रयास गरेका थिए। तर लगानीकर्ताहरूको दरो आत्मविश्‍वासका कारण बजार नयाँ खालको उछाल देखिएको छ।

बजार नियामक निकायहरूको सकारात्मक कदम, नीतिगत तहमा सुधारका लागि पुँजी बजार फोरमको सक्रियता, लगानीकर्ताहरूको दरो आत्मविश्‍वासका कारण बजार बलियो बन्दै गएको लगानीकर्ताहरू बताउँछन्। कोरोनाको जोखिमले लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन्। अर्कोतिर राजनीतिक अन्योल, अस्थिर सरकार र आगामी चुनावपछिको अवस्थालगायतका कारणले गर्दा निजी क्षेत्र अहिले नै ठूला परियोजनामा लगानी हिचकिचाइरहेका छन्। तर बजारमा लगानीयोग्य पैशा प्रशस्त छ। यो पैसा अब सेयर बजार ओइरिने संभावना बढेको छ। कम्पनीहरुको कमाइको तुलनामा बजार मूल्य निकै कम भएकोले पनि लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्। पुरै डिजिटल माध्यमबाट गरिने यो कारोबारमा कोरोनाको असर खासै देखिएको छैन।

बजार बढ्नका लागि सबै सूचकहरू सकारात्मक रहेकोले बजार घट्नुपर्ने कुनै कारण छैन अहिले। बैंक तथा वित्तिय संस्थाहरू तेस्रो त्रैमासिक रिपोर्ट धमाधम निकालिरहेको अहिलेको समय सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। अधिकांश बैंक तथा वित्तिय संस्थाहरूले आकर्षक कमाइको रिपोर्ट ल्याइरहेका छन्। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो।तीन चार महिना कुर्दा वर्षभरीको कमाइको हिस्सेदार बन्‍न सकिन्छ। वैशाखदेखि त्यसैपनि सेयर बजार बढ्ने सिजन हो।’

वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ‘बुलिस रन’ मा अघि बढ्ने विश्‍वास लगानीकर्ताहरूको देखिन्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome