मंगलवार, २७ श्रावण २०७७
मंगलवार, २७ श्रावण २०७७

IT Training Nepal

५ अगस्टसम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्नूस् कोरोना भाग्छ : भाजपा सांसद

१३ श्रावण, २०७७ १९:४९ मा प्रकाशित

212 Views पटक पढिएको

bjp leader pragya thakur

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरस महामारी झन् जटिल बन्दै गएको बेला भारतीय सत्तारुढ दलका नेताहरुले एकपछि अर्को गलत र झुटा प्रचारवाजी गर्न थालेका छन् ।

भारतीय जनता पार्टीकी नेतृ तथा सांसद प्रज्ञा ठाकुरले हालै जनतालाई हनुमान चालिसा पढेर प्रार्थना गर्न आग्रह गरेकी छन् । उनले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् । जसले गर्दा कोरोना महामारी अन्त्य हुने उनको जिकिर छ । ‘कोरोनाभाइरस महामारीबाट विश्वलाई छुटकारा’ भन्दै प्रार्थना गर्न पनि उनले आग्रह गरेकी छन् ।

‘आउनूस्, हामी सबै मिलेर जनताको सुस्वास्थ्य र कोरोनाभाइरस अन्त्यका लागि हनुमान चालिसा पाँच पटक पढ्दै आध्यात्मिक पहल गरौँ,’ सांसद ठाकुरले भनेकी छन् । भुपालकी सांसद ठाकुरले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् । अगस्ट ५ अर्थात्, अयोध्यामा राम मन्दिर निर्माणको उद्घाटन गर्ने दिनसम्म यस्तो प्रार्थना गर्नाले महामारी अन्त्य हुने उनको जिकिर छ ।

आगामी अगस्ट ५ मा भूमि पूजा गर्दै राम मन्दिरको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ । ठाकुरले ट्वीटरमा एक भिडिओ समेत सार्वजनिक गरेकी छन् । यससँगै भुपालमा अगस्ट ४ सम्म लकडाउन जारी रहनेछ । ‘जब जनताले, देशसँगै विश्वभरका हिन्दूले एकै स्वरमा हनुमान चालिसा पढ्छन्, यसले पक्कै काम गर्नेछ । र हामी कोरोनाभाइरसबाट मुक्त हुनेछौँ । यो रामसँग तपाईँको प्रार्थना हुनेछ,’ सांसद ठाकुरले भनेकी छन् ।

सांसद ठाकुरले विवादास्पद र आधारहीन प्रचारवाजी गरेको यो पहिलो पटक हैन । यसअघि पनि उनले संसद बैठकबाटै हिन्दू धर्मको पक्षमा साम्प्रदायीक अभिव्यक्ति दिएपछि चर्को विवाद उत्पन्न भएको थियो । यसवाहेक भाजपाका अरु सांसद तथा नेताले पनि गाईको पिसाब सेवन गर्नाले कोरोनाभाइरस नष्ट हुने प्रचारवाजी गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome