शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

कोरोनाका कारण संविधानसभा सदस्य चौधरीको मृत्यु

२० बैशाख, २०७८ ०८:३१ मा प्रकाशित

554 पटक पढिएको

corona patient dies

धनगढी – कोरोनाका कारण कैलालीमा संविधानसभा सदस्य रबनीदेवि चौधरीसहित चारजनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बाघमारा की ४४ वर्षीया चौधरीको धनगढीको नवजीवन अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो । उनी २०७० सालको संविधान सभा सदस्य हुन् । उनलाई मृगौला र कलेजोको समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै धनगढीको कैलाली अस्पतालमा पनि बैतडीको दसरथ चन्द नगरपालिकाका ३३ वर्षीय एक पुरुषको आइतबार बिहान साढे ६ बजे ज्यान गएको छ । उनलाई कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन सकिएपछि शनिबार राति कैलाली अस्पताल ल्याइएको थियो ।

भारतबाट फर्केका उनी वैशाख १ गते कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। । उनलाई त्यही दिन महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि शुक्रबारदेखि कैलालीका निजी अस्पतालले पनि कोरोनाका बिरामीको उपचार सुरु गरेका छन्। यस्तै सेती प्रादेशिक अस्पतालमा पनि आइतबार दुईजनाको ज्यान गएको छ । अस्पतालका प्रवक्ता दिलिप श्रेष्ले दिएको जानकारी अनुरा धनगढी उपमहानगरपालिका ५ की ३५ वर्षीया महिला र धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया महिलाको ज्यान गएको हो ।

सेती प्रादेशिक अस्पतालमा ५५ शह्याको क्षमतामा ६३ जना भर्ना भएका छन्। तीनजना भेन्टिलेटर, १ जना आइसीयु, ३८ जना अक्सिजन सपोर्ट र ५ जनालाई चाहिएको बेला अक्सिजन दिने गरी राखिएको प्रवक्ता श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome