शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना पुष्टि

२० बैशाख, २०७८ ०८:३३ मा प्रकाशित

433 पटक पढिएको

minister bhanubhakta dhakal and his wife

काठमाडौं – संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार पीसीआर परीक्षण गर्दा दुवै जनामा कोभिड पोजेटिभ देखिएको हो अहिले उनीहरु निवासमै आइसोलेसनमा रहेको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

ढकाल स्वयम्ले आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome