आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

संविधान मिचेर गरिएको मुख्यमन्‍त्रीको नियुक्ति कांग्रेसलाई स्वीकार्य छैन : कोइराला

२० बैशाख, २०७८ १६:२१ मा प्रकाशित

373 पटक पढिएको

shekhar koirala

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लुम्बिनी प्रदेशमा एमालेले संविधान मिचेर सत्ताको नांगो नाँच प्रदर्शन गरेको टिप्पणी गरेका छन्।

कोइरालाले लुम्‍विनीको राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै कोइरालाले संविधानमाथिको यस्तो नांगो नाँच कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। उनले भने, एमालेको बलमिच्याइँ,जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्विकार्य हुनै सक्दैन।’

गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ गराइएको बताउँदै उनले भने, गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ।’

जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएसँगै लुम्बिनी प्रदेशमा ८१ जना सांसद कायम भएपछि अविश्‍वास प्रस्तावलाई तुहाउन नयाँ खेल खेलेका थिए। आइतबार बिहान अचानक राजीनामा दिएर एकल बहुमतको मुख्यमन्‍त्रीका लागि पुन: दाबी गरेका थिए। प्रदेशसभाका बहुमत सांसदको समर्थन आफूलाई रहेको दाबी पोखरेलले प्रदेश प्रमुख समक्ष गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए। उनीहरूले बहुमत सांसद शशरीर उपस्थित रहेको भन्दै मुख्यमन्‍त्रीको शपथ रोक्न प्रदेश प्रमुखको कार्यलयमा धर्ना दिएका थिए। धर्नाकै बीच प्रदेश प्रमुख मुख्यमन्‍त्रीको कार्यलय पुगेर पोखरेललाई पुन: मुख्यमन्‍त्रीको शपथ खुवाएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome