बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

ब्रिकेट फ्याक्ट्रिमा आगालागी

२० बैशाख, २०७८ १६:२३ मा प्रकाशित

837 पटक पढिएको

fire in briket industry

झापा – मेचीनगर नगरपालिका १५ मिलकोटीमा रहेको ब्रिकेट कोइला फ्याक्ट्रिमा आगालागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ। सोमबार बिहान ३ बजे आगो लागेको हो। सशस्त्र प्रहरी, नेपालप्रहरी लगायत स्थानीयगाउँलेले आगो निभाउन हर प्रयास गरिरहेका छन् । तर आगो नियन्त्रणमा आइसकेको छैन।

भद्रपुर,मेचीनगर,बिर्तामोड, दमक नगरपालिकार कमलगाउँपालिका को दमकलले बिहान ९ बजेसम्म पनि आगो निभाउने प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

उक्त फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome