आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

स्याङ्जामा भोलीदेखि १० दिनका लागी निषेधाज्ञा

२० बैशाख, २०७८ १६:५४ मा प्रकाशित

813 पटक पढिएको

cdo office syangja

स्याङ्जा – स्याङजामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासन कार्यालय स्याङजाले भोलीदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने जनाएका हुन्।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रजिअ नेपालले जानकारी दिए।

सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर १० दिने निषेधाज्ञा जारी भएको हो। जिल्लामा निषेधाज्ञाका समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नपाइने व्यवस्था छ। अत्यावश्यक खाद्यान्नलगायतका पसलहरु पसलहरु बिहान ५ देखि ११ बजेसम्म (६ घण्टा) दिनको एकपटक मात्र खोल्न पाइन्छन्।

औषधि तथा औषधालय, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैन।

मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा २५ जना भन्दा बढी सहभागी हुन पाइने छैन। सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ। आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाइएको छ।

यसअघि वालिङ, चापाकोट र गल्याङ् नगरपालिकाले स्वास्थ्य विपत घोषणा गर्दै पालिका बन्द गर्ने निर्णय गरिसकेका छन्। जिल्लामा आइतवार साँझसम्म २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये २१ जना सामान्य उपचारमा रहेको र १ सय ८८ होम आइसोलेन र ३ जना क्वारेन्टिनमा उपचारत छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome