शुक्रबार, २४ बैशाख २०७८
शुक्रबार, २४ बैशाख २०७८

IT Training Nepal

थप ७ हजार ४४८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

२० बैशाख, २०७८ १७:५३ मा प्रकाशित

563 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ३ लाख ४३ हजार ४१८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ८६ हजार १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ५४ हजार ४१ जना संक्रिय संक्रमित छन् । ५० हजार १७२ जना होम आईशोलेसनमा रहेका छन् भने ३८ सय ६९ जना संस्थागत आईशोलेसनमा रहेका छन् । त्यसैगरी ५७८ जना आईसीयुमा उपचारारत छन् भने १४२ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ ।

मन्त्रालयले संक्रमण व्यापक बन्दा अस्पतालमा शैय्याको अभाव भएकाले संवेदनशील बन्न अनुरोध गरिसकेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक गरेको अपीलमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome