सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

बाग्मती किनारमै जलाउन थालियो संक्रमितको शव

२१ बैशाख, २०७८ १२:१० मा प्रकाशित

263 पटक पढिएको

covid infected dead bodies

काठमाडौं – काठमाडौंको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस सङ्क्रमणबाट मुत्यु भएका शव जलाउन थालिएको छ। कोरोनाबाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो। तर शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो।

उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको थियो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ। आइतबार कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले हालसम्म १७६४ शवको व्यवस्थापन गरिएको जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome