शुक्रबार, २४ बैशाख २०७८
शुक्रबार, २४ बैशाख २०७८

IT Training Nepal

कोरोनाका कारण न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता निरालाको निधन

२१ बैशाख, २०७८ १५:१७ मा प्रकाशित

236 पटक पढिएको

laxmi bahadur nirala

काठमाडौं – न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

जनकपुरमा जन्म भइ काठमाडौंको गौरीघाट निवासी खड्काको कानुन र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानुन व्यवसायीका तर्फबाट उनलाई २०७६ पुसमा न्याय परिषद् सदस्य बनेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome