शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ७ हजार ६६० जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

२१ बैशाख, २०७८ १७:२६ मा प्रकाशित

821 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ६६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय ७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ८७ हजार ७९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ५९ हजार ७९८ जना संक्रिय संक्रमित छन् । २५३ जना क्वारेन्टाईनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्याको अभाव भएकाले जनतालाई संवेदनशील बन्न मन्त्रालयले अनुरोध गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome