सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सत्ताका नाममा राजनीतिक खिचातानी भएको भन्दै लुम्बिनी प्रदेश सभाका सदस्य डाँगीले दिए राजीनामा

२२ बैशाख, २०७८ १६:१६ मा प्रकाशित

660 पटक पढिएको

amar bahadur dangi lumbini province

बुटवल – लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। बुधबार एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।

डाँगी दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। राजीनामा उनले प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन्। सांसद डाँगी वैशाख १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित थिए।

उनले राजीनामा पत्रमा प्रधानमन्त्री केपी ओलीप्रति समेत असन्तुष्टि जनाएका छन्। उनले सत्ताका नाममा राजनीतिक खिचातानी भएको भन्दै आराम गर्न चाहेको बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome