आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

उपत्यकामा ४,८२५ जनासहित देशभर थप ८,६५९ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

२२ बैशाख, २०७८ १६:५१ मा प्रकाशित

661 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार ८२५ जनासहित देशभर थप ८ हजार ६५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना गरी उपत्यकामा ४ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६६४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ८९ हजार ७८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ६६ हजार ३५२ जना संक्रिय संक्रमित छन् । ३८१ जना क्वारेन्टाईनमा रहेका छन् । ४ हजार ७६४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ६१ हजार ५८८ जना संस्थागत आइशोलेसनमा रहेका छन् ।

पछील्लो २४ घण्टामा ६०० जना आईसियुमा भर्ना भएका मध्य १५६ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्याको अभाव भएकाले जनतालाई संवेदनशील बन्न मन्त्रालयले अनुरोध गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome