शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

संघीय संसदका चार सांसद र तीन कर्मचारीमा कोरोना पुष्टि

२३ बैशाख, २०७८ १५:५४ मा प्रकाशित

330 पटक पढिएको

parliament nepal

काठमाडौं – संघीय संसदका चारजना सांसद र तीन कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार बुधबार दिएको स्वाब परीक्षणमा सात जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

न्यौपानेका अनुसार सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबै कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

बुधबार सांसद, संघीय संसद्‍का कर्मचारी, संसदीय मामिला आवद्ध पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पीसीआरका लागि स्वाब संकलन गरिएको थियो।

बुधबार सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक गरेर ६०९ जनाको स्वाब संकलन गरिएको थियो ।

बिहीबारसमेत कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र मर्यादापालकको स्वाब संकलन जारी छ । शुक्रबार साँझसम्ममा सबै रिपोर्ट सार्वजनिक हुने न्यौपानेले बताए।

वैशाख २७ गतेका लागि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन आह्वान गरेको संसद्‍को विशेष अधिवेशनका लागि बुधबार स्वाब संकलन गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome