आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

अक्सिजन सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन सरोकारवालालाई सरकारको आग्रह

२३ बैशाख, २०७८ १५:५५ मा प्रकाशित

631 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै छिटोभन्दा छिटो अक्सिजन सिलिण्डर फिर्ता गरिदिन अनुरोध गरेका हुन्।

अनुगमनको क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खाली रहको र भण्डारण गरेर राख्ने गरेको पाइएकाले सम्बन्धित उद्योग व्यवसायीहरु र सरोकारवालालाई अस्पतालमा उपलब्ध हुनेगरी फिर्ता गरिदिन मन्त्रालयको आग्रह छ।

मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने र अस्पतालमा न्यायोचित रुपमा अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

उलंघन गरेको पाइएमा संक्रमक रोग एेन २०२० को आधारमा अनुगमन गरी कारवाही गरिने समेत जनाइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome