आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

३६ हजारको औषधि १ लाख २० हजारमा बिक्री गर्ने कालोबजारी पक्राउ

२४ बैशाख, २०७८ १२:४४ मा प्रकाशित

769 पटक पढिएको

black marketer in custody

काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलीले कोभिड संक्रमितलाई प्रयोग गरीने औषधि कालो बजारी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट, आर्खेत गाउँपालिका ४ घर भएका वर्ष २५ का रफिक मिया रहेका छन् ।महाराजगन्ज शिक्षण अस्पताल अगाडि सन्चालित सेवक फर्मामा काम गर्दै आएका मियालाई औषधि बढी मुल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरीएको हो । कोरोना संक्रमितलाई दिइने ३६ हजार मुल्यको औषधि रेम्डीसिभिर १ लाख २० हजार रुपैयाँमा बिक्री गरेपछी कालोबजारी गरेको आरोपमा मियालाई महाराजगन्जबाट पक्राउ गरीएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयो ।

प्रहरीका अनुसार निलकण्ठ लम्सालको नाममा दर्ता भएको उक्त सेवक फर्मामा दीपक ढकाल र रहमित मिया समेत सन्चालक रहेको बताएको छ। पक्राउ परेका रफिक मियाको साथबाट ६ बट्टा रेम्डीसिभिर औषधि र नगद १ लाख २० हजार बरामद गरीएको छ । प्रहरीले उक्त फर्मा सिल गरेर अनुसन्धान गरिने बताएको छ ।

black marketer in custody

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome