आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

बीपी प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा कर्मचारीको तालाबन्दी

२४ बैशाख, २०७८ १६:२४ मा प्रकाशित

702 पटक पढिएको

protest in br health science academy

धरान – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका छन्। शुक्रबार विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीले प्रतिष्ठानका पदाकिारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

आन्दोलनमा उत्रिएका कर्मचारीले उपकुलपती डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

प्रतिष्ठानको कर्मचारी तदर्थ समितिका अध्यक्ष राजन कोइरालाको नेतृत्वमा आन्दोलनमा उत्रिएका कर्मचारीले प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान राम्रोसँग संचालन गर्न नसकेको, कोभिड भत्ता उपलब्ध नगराएको, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब नदिएको, कर्मचारीको आन्तरिक फायल बढुवा नगरेको र ज्वालादारी कर्मचारीलाई करार गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको अध्यक्ष कोइरालाले बताए।

प्रतिष्ठानका पदाधिकारीलाई वैशाख १४ गते पाँच बुँदे माग राखेर ज्ञापन-पत्र बुझाउदा समेत माग पुरा नभए पश्चात कर्मचारी आन्दोलनमा उत्रनु परेको कोइरालाले बताएका छन्। कोभिड उपचारमा खटिएका जुनियर कर्मचारीलाई असमान तरिकाले कोभिड भत्ता दिएको र गत वर्षको कोभिड भत्ता समेत उपलब्ध गराउन कर्मचारीले माग गरेका छन्।

आन्दोलित कर्मचारीले कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेनटाइनको व्यवस्था नगरी घरमै पठाउने गरेका कारण परिवारमा समेत कोरोनाको जोखिम बढेको बताएका छन्। आन्दोलनमा उत्रिएका कर्मचारी किरण भट्टराईले कोरोनामा खटिएका कर्मचारीलाई क्वारेनटाइनको व्यवस्था गर्न माग गरेका छन्। अध्यक्ष कोइरालाले सातदिन भित्र कर्मचारीका जायज मागलाई सम्बोधन नगरिए आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुडामणि पोखरेलले कर्मचारीले पदाधिकारीको कार्यक्षमा तालाबन्दी गरेका कारण प्रतिष्ठानको दैनिक कामकाजमा अवरोध पुगेको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome