आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

कोरोनाबाट संसद् सचिवालयका उपसचिवको मृत्यु

२४ बैशाख, २०७८ १६:२७ मा प्रकाशित

227 पटक पढिएको

corona patient dies

काठमाडौं – संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोराना संक्रमणबाट मृत्यु भएको छ । उपसचिव कृष्णराज खनालको शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो।

घरमै आइसोलेसनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि कलंकीस्थित सहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ। वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीको स्वाब संकलन गरिएको थियो।

संसद्‍ सचिवालयका उपसचिव कोइरालाको कोरोनाले मृत्यु भएसँगै वैशाख २७ गतेका लागि बोलाइएको संसद्‍को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ। बैठक अगाडि नै बैठकमा सहभागी हुने संसद्‍, सबै कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएको छ।

संघीय संसद्‍ सचिवालय स्रोतका अनुसार १२ सय ३४ जनाको स्वाब संकलन गरिएकोमध्ये अहिलेसम्म ६ सय १३ जनाको रिपोर्ट प्राप्त भएको छ। जसमध्ये ६५ जनामा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म स्वाब संकलन गरिएका सभामुख, सभामुखको सचिवालय, कर्मचारी, पत्रकार, सुक्षाकर्मी, मर्यादापालक र कर्मचारीमध्ये ६५ जनामा संक्रमण पुष्टि भएको हो। पहिलो दिन स्वाब दिएका मध्ये १४ जना सांसदमा संक्रमण पुष्टि भएको थियो। अहिलेसम्म प्राप्त रिपोर्ट अनुसार २२ जना सांसदमा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि हुने सबै संसद्‍ प्रतिनिधिसभाका सदस्य हुन्।

वैशाख २२ गते संकलित स्वाबको रिपोर्ट आए पनि २३ र २४ गते स्वाब संकलन गरिएका ६७ संसद्‍सहित ५२५ जना र २४ गते स्वाब संकलन गरिएका ११ संसद्‍ र अन्य ९० जनाको रिपोर्ट शनिबार मात्र आउने बताइएको छ ।

२३ र २४ गते स्वाब परीक्षण गरिएका सांसदको संख्या १९५ रहेको छ भने शुक्रबार प्रधानमन्त्रीसहित ११ जना सांसदको स्वाब संकलन भएको छ ।

सचिवालयका अनुसार अहिलेसम्म २०५ जनाको स्वाब संकलन भएको छ । संसद्‍ भवनभन्दा बाहिर स्वाब दिएका अन्य सात सांसद गरेर अहिलेसम्म स्वाब दिने सांसदको संख्या २१२ पुगेको छ । प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ । अझै ५० बढी सांसदले स्वाब दिन बाँकी नै रहेको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome