शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

कैलालीमा अधिकांश पूर्वी क्षेत्र जलमग्‍न

१४ श्रावण, २०७७ १४:२२ मा प्रकाशित

327 पटक पढिएको

flood in kailali

टीकापुर – कैलालीको पूर्वी क्षेत्र जलमग्न भएको छ। रातभर परेको अविरल वर्षाका कारण टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशिपुर गाउँपालिका अधिकांश क्षेत्र जलमग्न भएका हुन्।

टीकापुर नगरपालिका-५ का सिम्रेनी, बसन्ता, शाहीपुर, वडा नं ३ का घिया, पुछरी, कटानपुर लगायत क्षेत्र जलमग्न भएका छन्। इलाका प्रहरी कार्यालय भजनीका अनुसार नगरपालिका अधिकांश भागमा पानी पसेको छ। अविरल वर्षाका कारण मोहना, पथरैया, काँढा नदीको पानी गाउँमा पसेको हो। बाढीले क्षति गरेको विवरण आउन बाँकी छ।

यता जोशीपुर गाउँपालिका २५ बढी घरहरु डुबानमा परेका छ्न्। पानी परिरहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ। उता कर्णाली नदीमा हिजोदेखि पानीको सतह बढ्दै गएको छ। हिजो ६ मिटर लेभलमा रहेको पानी आज बिहान ८.५९ पुगेको छ। कर्णालीमा ९.८ मिटर पानीलाई चेतावनी लेभल र १०.५ मिटरमाथिलाई खतरा मानिन्छ। खतरा लेभल नाघे तटीय क्षेत्रका ती स्थानहरु डुबानमा पर्छन भने २ लाख बढी जनसंख्या प्रभावित हुन्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome