शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

पार्टी कार्यालयलाई अस्थायी कोभिड अस्पताल बनाउने रुपन्देही कांग्रेसको निर्णय

२४ बैशाख, २०७८ १६:३४ मा प्रकाशित

322 पटक पढिएको

congress rupandehi

भैरहवा – नेपाली कांग्रेस रुपन्देहीले कोरोना संक्रमितको उपचार/हेरचाहका लागि पार्टी कार्यालयको भवनलाई अस्थायी कोभिड अस्पताल वा आइसोलेसन बनाउन लागि प्रयोग गर्न सक्ने जनाएको छ ।

कोरोना महामारीमा संक्रमित उपचारका लागि अस्पतालमा शैया अभावमा भइरहकाले पार्टीले यस्तो निर्णय गरेको हो । भैरहवास्थित रहेको कांग्रेस पार्टी कार्यालयमा दुई वटा हल, एघार वटा कोठा र कमाउण्डसहित दुई तल्ले भवन छ ।

उक्त भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी संस्थाले संक्रमितहरुको उपचार/हेरचाहका लागि प्रयोग गर्न चाहेमा तत्काल उपलब्ध गराइने पूर्वखानेपानी राज्य मन्त्री एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

सरोकारवाला निकायहरु महामारी नियन्त्रण र नागरिकको जीवनको रक्षाका लागि गम्भीर बन्न आग्रह गर्दै उनले कुनै पनि संक्रमित अस्पतालमा शैय्याको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले पार्टी कार्यालय उपलब्ध गराउन तयार भएको उनले बताए ।

कोरोना महामारीलाई नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्न पार्टी तयार भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ । रुपन्देहीमा संक्रमित अस्पतालमा उपचारका लागि शैयाको अभावमा पालो कुरेर बस्नुपर्ने बाध्यता छ । अस्पतालका शैयाहरु भरिभराउ छन् । जसकारण उपचारको अभावमा संक्रतिमले ज्यान गुमाउनु परेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome