आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी

२५ बैशाख, २०७८ १७:५३ मा प्रकाशित

257 पटक पढिएको

parliament nepal

हेटौंडा – बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रबार मनोनयनपत्र दर्ता गराएका हुन्।

तीन उम्मेदवारमध्ये गृहमन्त्री थापा र देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को साथ छ। नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ।

गृहमन्त्री थापाले हेटौैंडा–५ स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा शुक्रबार मध्याह्न १२:३० बजे उम्मेदवारी दर्ता गराए। थापाका प्रस्तावक बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्। एमाले नेता/कार्यकर्ता तथा प्रदेश मन्त्रिमण्डलको टोलीसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थापाले आफ्नो जित निश्चित रहेको दाबी गरे। ‘नेकपा एमालेको सबै मत मलाई आउनेमा म विश्वस्त छु, निर्वाचन जित्छु’, उनले भने। उनी हेलिकप्टर चढेर हेटौंडा आएका थिए।

देवकोटाले शुक्रबार बिहान ११:१५ मा उम्मेवारी दिए। देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले छन्। देवकोटाले आफू सहजै जित्ने दाबी गरे। भने, ‘स्थानीय तह र प्रदेशमा बसेर काम गरेको अनुभवले अब राष्ट्रियसभामा बसेर काम गर्छु।’
थापाले चुनाव चिन्ह सूर्य र देवकोटाले कमल माग गरेका छन्। नेमकिपाबाट तामाङले मध्याह्न १२ बजेर १५ मिनेटमा उम्मेदवारी दर्ता गराए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome