आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

२६ बैशाख, २०७८ १५:५६ मा प्रकाशित

706 पटक पढिएको

constitutional committee

काठमाडौं – लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले रेग्मीलाई सिफारिस गरेको हो।

बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका पदमा पनि नियुक्तिको सिफारिस गरेको हो। रेग्मी कांग्रेस निकट मानिन्छन्।

सिफारिस गरिएका संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ।

सिफारिस गरिएकाको विस्तृत विवरण आउन बाँकी छ। परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन्। प्रधानमन्त्री ओली,राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा बैठकमा सहभागी थिए।

सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद् बैठक बस्न सक्ने गरी संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गर्दै आएको छ। परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्ष दलको नेता र उपसभामुख रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त रहेकाले परिषदमा ५ जना मात्रै छन्।

सरकारले हालै जारी गरेको संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशका आधारमा बैठक बसेको हो। अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुग्ने भनिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome