आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

उपत्यकामा बिहान १० बजेसम्म पसल खुल्ने, कालिमाटी तरकारी बजार बन्द

२८ बैशाख, २०७८ १७:१८ मा प्रकाशित

711 पटक पढिएको

market shut down in kalanki kalimati area

काठमाडौं – बुधबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यक उपभोग्य वस्तुका पसल १० बजेसम्म खोल्न पाउने निर्णय गरेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

‘अत्यावश्यक खाद्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाउने गरी निर्णय भएको छ’, भट्टराईले भने, ‘पसलमा भौतिक दूरी कायम गरेर मात्र किनमेल गर्न अनुरोध छ।’

यसअघि उपत्यकाका तीन सीडीओको बैठकले बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञा गरेको थियो। निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको बैठकले विवाहमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्थासमेत गरेको छ। अब पार्टी प्यालेसमा विवाह गर्न नपाइने भएको छ ।

‘अब पार्टी प्यालेसमा विवाह गर्न पाइने छैन’, उनले भने, ‘यसअघि १५ जना उपस्थित हुन पाइने व्यवस्था गरिएको थियो भने अब घटाएर १० जना सीमित गरिएको छ। ’

आजदेखि कालिमाटी तरकारी बजार बन्द

कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। मंगलबार समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने भएको छ।

कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो। समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्न सकिनेछ।

बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन। ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome