शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ९,४८३ जनामा कोरोना पुष्टि, २२५ जनाको मृत्यु

२८ बैशाख, २०७८ १८:०३ मा प्रकाशित

721 पटक पढिएको

covid infected dead bodies

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ३ लाख १२ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ९७ हजार ८ जना संक्रिय संक्रमित छन् । ४४८ जना क्वारेन्टाईनमा रहेका छन् । ७ हजार ९४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ८९ हजार ९१४ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ८४ जना आईसियुमा र २९० जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २२५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्याको अभाव भएकाले जनतालाई संवेदनशील बन्न मन्त्रालयले अनुरोध गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome