आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

जेठ २ गतेबाट चिनियाँ खोपको दोस्रो मात्रा

२९ बैशाख, २०७८ १५:२८ मा प्रकाशित

684 पटक पढिएको

corona vaccine in nepal

काठमाडौं – कोरोना भाइरसविरुद्धको चिनिया भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा जेठ २ गतेदेखि लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्न अनुरोध गरेको छ ।

वैशाख १६ गतेदेखि लकडाउन लागू भएपछि खोप अभियान स्थगित भएको थियो। काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन
र कुपन वितरण व्यवस्था मिलाउन स्वास्थ्य कार्यालय काठमाडौंले निर्देशन दिएको थियो। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार खोप काठमाडौं महानगरपालिका, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि, तारकेश्वर, बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा अभियान सञ्चालन गरिनेछ।

यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन्। उक्त चिनियाँ खोप चैतको तेस्रो सातादेखि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा वितरण गरिएको थियो यिनै जिल्लामा पहिलो मात्रा लगाएकालाई अब दोस्रो मात्रा लगाइनेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome