बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९,२७३ पुग्यो

१४ श्रावण, २०७७ १६:३९ मा प्रकाशित

583 पटक पढिएको

corona positive

काठमाडौं – बुधबार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ सहित थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

कोरोनका सक्रिय बिरामीको संख्या ५ हजार २०३ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १४ हजार २१ पुगेको छ ।

।क्वारेन्टाइनमा रहनेको संख्या १४ हजर ४७१ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome