शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

मदन–आश्रितको नाममा राजनीति गर्न बन्द गरौँ : भट्टराई

३ जेष्ठ, २०७८ १७:११ मा प्रकाशित

489 पटक पढिएको

baburam bhattarai

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति गर्न बन्द गर्न सुझाएका छन्। मदन–आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले त्यो नगर्न सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सुझाएका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निर्क्यौल गरौँ’, उनले लेखेका छन्, ‘नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’

मदन–आश्रितको २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिप दुर्घटनामा ज्यान गएको थियो। आश्रितको जिबमै शव भेटिएको थियो भने भण्डारीको लाश तीन दिनपछि नारायणी नदी किनारमा भेटिएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome