मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुईको मृत्यु, मृतकको संख्या ५१ पुग्यो

१४ श्रावण, २०७७ १८:४८ मा प्रकाशित

460 पटक पढिएको

corona patient dies

वीरगञ्ज – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५१ पुगेको छ ।

६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पताल र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायका अनुसार ६८ वर्षीय पुरुष ८ गते अस्पताल भर्ना भएका थिए । मुटु र निमोनियाका बिरामी उनको बुधबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।

उपचारका क्रममा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै बुधबार विहान मृत्यु भयो । बुधबार साँझ पोजेटिभ रिपोर्ट आएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome