शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बारामा एकै परिवारका दुई बालकको हत्या

४ जेष्ठ, २०७८ १८:१४ मा प्रकाशित

505 पटक पढिएको

two childs from same family murdered

बारा – बारामा एकै परिवारका दुई बालकको हत्या भएको छ । कलैया उपमहानगरपालिका ७ रङगपुरका अब्दुल गफारका छोराहरु ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमिन अन्सारको हत्या भएको हो ।

गाउँमै निर्माणाधीन मदर्शा परिसरमा ती दुवै बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा मङगलबार बिहान शव फेला परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सोमबार साँझ साढे बजे घरबाट सँगै बाहिर निस्किएका ती दुवै बालकको शव मङगलबार बिहान गाउँकै मदरशा परिसरभित्र घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको मिश्रले बताए ।

वडा अध्यक्ष सैफुल्लाह मियाका अनुसार ती दुवै मृतक बालकका बुबा अब्दुल भने वैदेशिक रोजगारीका शीलशीलामा ३ वर्ष देखि कतारमा छन् । आमा मीना खातुनका अनुसार सोमबार आफ्नो फुपुको छोराको निधन भएको खबर पाएर जितपुरको टेढा गएकी थिइन् ।

सोमबार राति घर फर्किएकी आमाले घरमा दुवै छोरा नभएको देखेपछि गाउँलेहरुको सहयोगमा खोजि गरिए पनि ती दुवै बालक फेला परेका थिएनन् । मङगलबार बिहान बाख्रा चराउन गएका गाउँका बालकले मदर्शा परिसरमा दुई बालकको शव देखेपछि गाउँलेहरुलाई खबर गरेको वडा अध्यक्ष मियाले बताए ।

मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा राखिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । उनले भने,’ हत्या कसले किन गरेको भन्ने खुली सकेको छैन, यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome