सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

काठमाडौंमा आज बिहानै दुई पटक भूकम्पको धक्का

५ जेष्ठ, २०७८ ०९:३७ मा प्रकाशित

803 पटक पढिएको

earthquake graphic

काठमाडौं – काठमाडौंमा आज बिहानै दुई पटक भूकम्पको धक्का महसूस गरिएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बिहान ८ बजेर २६ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।

बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome