शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

गण्डकीमा मन्त्रिपरिषद्‍ विस्तार

५ जेष्ठ, २०७८ १६:२३ मा प्रकाशित

514 पटक पढिएको

gandaki province

पोखरा – गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गर्दै ५ जनालाई मन्त्री बनाएका छन्।

सबै पुरानै मन्त्रीलाई गुरुङले पहिलाकै जिम्मेवारी सुम्पिएका हुन्। किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका हुन्। किरण गुरुङलाई अर्थमन्त्री नियुक्त गरिएको छ भने दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। अरु मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन।

नवनियुक्त सबै मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराउँदै छिन्। राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।

गुरुङ २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोना संक्रमणका कारण बिरामी परेको हुँदा उनले मन्त्रिपरिषद गठन गर्न सकेका थिएनन्। केही निको भएपछि उनले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome