शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा २,४८६ सहित देशभर थप ८,१७३ जनामा कोरोना पुष्टि, २४६ जनाको मृत्यु, ७,९८९ डिस्चार्ज

५ जेष्ठ, २०७८ १७:०३ मा प्रकाशित

487 पटक पढिएको

covid infected dead bodies

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा २४ सय ८८ जनासहित देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उपत्यकाभित्र भक्तपुरमा २२८ जना, ललितपुरमा २७० जना र काठमाडौंमा १९ सय ८८ जना गरी २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ३ लाख ६० हजार ४०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ लाख १४ हजार ३५८ जना संक्रिय संक्रमित छन् । ८५४ जना क्वारेन्टाईनमा रहेका छन् । ७ हजार ४४७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १ लाख ६ हजार ९११ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ६१८ जना आईसियुमा ३८१ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २४६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्याको अभाव भएकाले जनतालाई संवेदनशील बन्न मन्त्रालयले अनुरोध गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome