शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

स्पेनले दिएको स्वास्थ्य सामग्री काठमाडौंमा

६ जेष्ठ, २०७८ १६:४१ मा प्रकाशित

741 पटक पढिएको

spain aids medical equipments to nepal

काठमाडौं – स्पेनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री बिहीबार काठमाडौं आइपुगेको छ।

स्पेनको राजधानी म्याड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री ल्याएर आइबेरिया एयरलाइन्स काठमाडौं आइपुगेको हो। स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाको विशेष पहलमा स्पेन सरकारले यी सामग्री उपलब्ध गराएको हो।

स्वास्थ्य सामग्री लिएर स्पेनबाट राजदूत शेर्पा पनि काठमाडौं आएकी छिन्। स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो।

चार्टर्ड विमानमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतकाकार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट नेपाल पठाइएको छ।

स्वास्थ्य सामग्री ल्याएर आएको जहाजले स्पेनिज नागरिकको उद्धार पनि गर्दैछ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालय र स्पेनको विदेश मन्‍त्रालयबीच कुरा भइसकेको छ।लकडाउनले गर्दा उनीहरू स्वदेश फर्किन सकेका थिएनन्। बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए। उनले नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा स्पेन सरकारलाई धन्यवाद दिएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome