बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

१५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दावी गर्दै ओली

७ जेष्ठ, २०७८ १६:५७ मा प्रकाशित

778 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत सांसदहरूको हस्ताक्षरसहित नयाँ सरकारको शीतलनिवास पुगेका छन्।

विपक्षी दलका नेताहरुले राष्ट्रपतिलाई नभेट्दै प्रधानमन्‍त्री ओली शीतलनिवास पुगेर १५३ जना सांसदहरूको हस्ताक्षर बुझाएका हुन्।प्रधानमन्‍त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको जानकारी दिएका छन्।रिमालका अनुसार दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्।

विपक्षी नेताहरूले राष्ट्रपतिसँग भेट्नका लागि समय कुरिरहेकै बेला ओलीले एक घन्टाजति राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर शीतलनिवासबाट बाहिरिएका छन्।विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी बोकेर शीतलनिवास पुगेका छन्। विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले सामाजिक संजालमा स्पस्ट पारेका छन्।

विपक्षी दलको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताब गर्ने तयारी गरेका छन्। संविधानको धारा धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले शुक्रबार बेलुका पाँच बजेसम्मको समयसिमा दिएकी छिन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome