सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप ८,९८० जनामा कोरोना पुष्टि, १२९ जनाको मृत्यु, ८,८४८ डिस्चार्ज

८ जेष्ठ, २०७८ १७:१८ मा प्रकाशित

688 पटक पढिएको

covid infected dead bodies

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ लाख १५ हजार ८०६ जना संक्रिय संक्रमित छन् । ८८६ जना क्वारेन्टाईनमा रहेका छन् । ७ हजार ७०३ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १ लाख ८ हजार १०३ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ७३२ जना आईसियुमा ५२३ जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्याको अभाव भएकाले जनतालाई संवेदनशील बन्न मन्त्रालयले अनुरोध गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome