बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

फेरि संसद्‍को चीरहरण भयो : नेपाल

८ जेष्ठ, २०७८ १७:३४ मा प्रकाशित

572 पटक पढिएको

madhav kumar nepal

काठमाडौं – नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले चुनाव जालझेल भएको बताएका छन्। शुक्रबार मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको मर्मविपरीत चुनावको घोषणा गरेको भन्दै नेता नेपालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि संसदको चीरहरण भएको भन्दै यो कदमलाई प्रतिगमन दोहोरिएको संज्ञा दिएका छन्। संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको उनको ठहर छ।

राष्ट्रपति र प्रधानमन्त्रीको यो कदमलाई नेता नेपालले संविधानको मर्मलाई कुठाराघात गरेको भनेका छन्। सम्पूर्ण व्यवस्था नै कू गर्ने उद्देश्यमा शीतल निवासमा जालझेल भएको उनको भनाइ छ।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो’, नेता नेपालले ट्वीटरमा लेखेका छन्, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome