आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

८ जेष्ठ, २०७८ १७:३७ मा प्रकाशित

451 पटक पढिएको

oli with election commission members

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले निर्वाचनको तयारी थाल्न निर्देशन दिएका छन्। शनिबार बालुवाटारमा बोलाएर निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

घोषित मितिमै निर्वाचन हुने भन्दै ओलीले आयोगका पदाधिकारीलाई निर्देशन दिएका हुन्। ओलीले देश निर्वाचनतर्फ अगाडि बढेको भन्दै आयोग पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘
आज बिहान बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट गर्नुभयो।’

आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीसँगै एमालेका शीर्ष नेता र आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँगै पदाधिकारीको उपस्थिति थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome