आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोत्ने नेविसंघका नेता पक्राउ

९ जेष्ठ, २०७८ १७:४५ मा प्रकाशित

586 पटक पढिएको

cowdung on pm and president photo

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर पोतेको आरोपमा नेपाल विद्यार्थी संघका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । मध्य बानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्दै हिँडेका त्रिपाठीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ । उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतीकात्मक विरोधस्वरुप विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रममा बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय भएको बताएका छन् । उनले भने,’ सोही क्रममा संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भर्त्सना गर्दै तत्काल विनाशर्त रिहाइको लागि जोडदार माग गर्दछु।’

यसअघि पाँच विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधिसभाको विघटन निरंकुश र अधिनायकवादी डकैती भएको आरोप लगाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्।

nsu leader arrested

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome