सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

नक्कली सेनिटाइजर कारखानामा प्रहरीको छापा : ३० हजार लिटर सेनिटाइजरसहित सञ्चालक पक्राउ

९ जेष्ठ, २०७८ १९:१६ मा प्रकाशित

810 पटक पढिएको

duplicate sanitizer factory raided

काठमाडौं – नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ।

अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ।

त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक कृष्ण पंगेनिले जानकारी दिनुभयो।

स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा विक्रि वितरण भईरहेको सुचनाको आधारमा छापा मारिएको उहाँले बताउनुभयो।

एसपी पंगेनिले उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विषाक्त पाईएको जानकारी दिनुभयो।

दोषि उपर कानुनी कारबाही अगाडी बढाइने उनले बताए। सो कारखाना लगायत मुख्य-मुख्य डिलर र सप्लायरलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रहरीले कारखानामा ३० हजार लिटर सेनिटाइजर हुनसक्ने बताएको छ। सञ्चालक आशिष प्याकुरेल श्रीमतीलाइ बलत्कार गरेको आरोपमा ४ महिना पुर्पक्षका लागि जेल बसेर केही महिना अघि मात्र छुटेका थिए।

aashish pyakurel

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome