शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

एकता नारी काठमाडौं जेसिसको अध्यक्षमा श्रुती घिमिरे

९ जेष्ठ, २०७८ १९:२१ मा प्रकाशित

791 पटक पढिएको

shruti ghimire

काठमाडौं – एकता नारी जेसिस, काठमाडौंको अध्यक्षमा श्रुति घिमिरे सर्वसम्मतिबाट चयन हुनु भएको छ ।

कोभीड-१९ को महामारी चलिरहेको समयमा भर्चुअल माध्यमबाट भएको छलफलबाट वर्ष २०७८ को लागि घिमिरेलाई सर्वसम्मतिबाट अध्यक्ष पदको जिम्मेवारी दिइएको हो ।

नवगठित कार्य समितिको उपाध्यक्षमा मलिना पाण्डे, सचिवमा एलिसा पौडेललाई चयन गरिएको छ भने अस्मिता पन्त कोषाध्यक्ष पदमा सर्वसम्मतिले चयन हुनु भएको छ।

नव गठित कार्यसमितिका अध्यक्ष श्रुती घिमिरेले आफ्नो कार्यकालमा जेसिसको सिद्धान्त अनुसार अगाडी बढ्ने तथा समाजिक क्षेत्रमा उच्चतम सेवाभावसहित प्रस्तुत हुने प्रतिवद्धता जनाउनुभयो ।

एकता नारी काठमाडौं जेसिज २०६५ सालमा स्थापना भई सामाजिक सेवा क्षेत्रमा अग्रणी भुमिका निभाउँदै आएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome