बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

पनौती क्षेत्रिय रंगशाला विवाद : नगरपालिकाले पायो लालपूर्जा

१४ श्रावण, २०७७ १९:२६ मा प्रकाशित

478 पटक पढिएको

panauti stadium issue resolved

काभ्रे – काभ्रेको पनौती नगरपालिका–७ स्थित सिरानचौरमा क्षेत्रिय रंगशाला निर्माणको अवरोध हटेको छ ।

जग्गा विवादकै कारण क्षेत्रीय रंगशाला निर्माण रोकिएको थियो । रंगशालाका लागि छुट्टाइएको ४२ रोपनीमध्ये १७ रोपनी १४ आना २ पैसा जग्गा आफ्नो भएको दाबी स्थानीय कँडेल परिवारले गरेपछि विवाद उत्पन्न भएको थियो । साविक मल्पी गाविस-१ स्थित कित्ता नं. १३२ को जग्गा कँडेल परिवारले पञ्चायतकालमा सार्वजनिक जग्गा आफ्नो नाममा नाम सारेको स्थायीको दाबी थियो । तर विवाद अदालतमा पुग्यो र फैसला कँडेल परिवारको पक्षमा आयो ।

अदालतबाटै मुद्दा हारेपछि नगरपालिकाले कँडेल परिवारसँग सहमति गरेर त्यो जग्गा किनेको छ । स्थानीय नानीगिता कंडेल र गणेशकुमारी कंडेलको नाममा रहेको जग्गा नगरपालिकाले ३ करोड ६२ लाख रकममा खरिद गरेको हो ।

‘रंगशालाको जग्गा विवाद अब सकिएको छ, जग्गाको लालपूर्जा हात पारेपछि पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भन्छन्, अब निर्माण कार्य अगाडि बढ्छ ।’

२०६९ सालमा केन्द्रीय बजेटबाट नै बहुवर्षीय योजनाका रुपमा पनौती क्षेत्रिय रंगशालामा निमार्णको घोषणा भएको थियो । हालसम्म करिब २१ करोड खर्च पनि भइसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome