सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

माधव नेपालसहित ११ नेता पार्टीबाट निष्काशित, १२ जनालाई २४ घन्टे पुर्जी

११ जेष्ठ, २०७८ ११:२३ मा प्रकाशित

562 पटक पढिएको

madhav kumar nepal

काठमाडौं – बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले स्पष्टीकरण सोधिएका माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई कारबाही गर्ने निर्णय गरेको छ।

पार्टीले सोधेको स्पष्टीकरण नदिने जबाफ प्राप्त भएपछि स्थायी समितले यस्तो निर्णय गरेको हो। सोमबार अपरान्ह बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाल र खनाललगायतका ११ जनालाई साधारण सदस्य नरहने गरी कारबाही गरेको हो।

बैठकले कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो। सोमबारको बैठकले थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। थप २४ घन्टे स्पष्टीकरण सोधिने नेतामा घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोक खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, साेमप्रसाद पाण्डे, मेटमणि चाैधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडालगायत छन्।

त्यसैगरी सुदूर पश्चिम प्रदेका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई नेकपा एमालेले दिएकाे समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको छ ।

बैठकमा सोमबार सर्वोच्चमा दायर भएको रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि छलफलल भएको थियो।कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।पहिले देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा हस्ताक्षर गर्ने सांसद २६ जना थिए भने सोमबार रिट दायर गर्ने क्रममा २३ जना मात्रै छन् । माधव समूहका भनी चिनिएका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौलाको नाम रिट दायर गर्ने सांसदको सूचीमा छैन ।

सोमबार सर्वोच्चमा दायर भएको रिटमा हस्ताक्षर गर्नेमा विरोध खतिवडा,जीवनराम श्रेष्ठ,घनश्याम भुसाल,सोम पाण्डे,कृष्णलाल महर्जन,झपट रावल,निरादेवी जैरू,सरला यादव,कल्याणी खड्का,लक्ष्मी चौधरी,माधव कु.नेपाल,भीम रावल,कलिला खातुन,रामकुमारी झाँक्री,झलनाथ खनाल,पुष्पा कर्ण,भवानी खापुङ,यज्ञराज सुनुवार,सुरेन्द्र पाण्डे,मुकुन्द न्यौपाने,मेटमणि चौधरी,दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome