बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

वीरगन्जमा निषेधाज्ञा अर्को एक साताका लागि थप

१२ जेष्ठ, २०७८ १६:४८ मा प्रकाशित

380 पटक पढिएको

birgunj nepal

वीरगन्ज – पर्सा जिल्लामा वैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ १३ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा संक्रमणको साङगलो तोड्न (चेनब्रेक ) उपयोगी देखिएकाले जेठ २० गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक वैशाख २३ गतेबाट पुनः थप गरी वैशाख ३० गतेसम्मका लागि लम्ब्याइएको थियो ।

त्यसपछि दोस्रो पटक वैशाख ३० गतेबाट जेठ ६ गते सम्मका लागि र तेस्रो पटक थप गरी जेठ १३ गते बिहीबारसम्मका लागि निषेधाज्ञा थपिएको थियो । निषेधाज्ञा लगाएयता जिल्लामा संक्रमण दर घटदै गएकाले बुधबार डिसिसिएमसीको बैठक बसेर थप एक साता अर्थात् जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome