आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

संविधान र कानुनका विज्ञसँग संसद्‍ विघटनको विषयमा परामर्श गर्दै सभामुख

१३ जेष्ठ, २०७८ १६:०९ मा प्रकाशित

404 पटक पढिएको

agni sapkota

काठमाडौं – सभामुख अग्नि सापकोटाले संविधान र कानुनका विज्ञसँग संसद्‍ विघटनका विषयमा परामर्श गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद्‍ भवनको ल्होत्से हलमा परामर्श जारी छ। परामर्शमा कानुन क्षेत्रका विज्ञ, संविधानविद् र यसका विशेषज्ञ सहभागी छन्।

संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन्। विज्ञप्ति सार्वजनिक गर्दै सापकोटाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका हुन्।

बिहीबारको परामर्शमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष र वरिष्ठ अधिवक्ता एवम् कानुन जानकार सहभागी छन्।

यसअघि सभामुख सापकोटाले जेठ ११ गते (मंगलबार) पूर्वसभामुखसँग परामर्श गरेका थिए। परामर्शमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती र भर्चुअल माध्यमबाट तारानाथ रानाभाट सहभागी थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome