शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

आर्थिक सर्वेक्षण भोलि सार्वजनिक हुने, बजेट शनिबार ४ बजे

१३ जेष्ठ, २०७८ १६:१२ मा प्रकाशित

804 पटक पढिएको

ministry of finance nepal

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट शनिबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने तय भएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन ।

चुनावी तथा कामचलाउ सरकारले अध्यादेशबाट ल्याउने बजेटमा विभिन्न भत्ता वृद्धि गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले यसअघि सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलब बढाउने घोषणा गरिसकेका छन्। यस्तै करको दरमा केही हेरफेर हुने जनाइएको छ।

बजेटअघिको आर्थिक सर्वेक्षण भने शुक्रबार सार्वजनिक हुने भएको छ। मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome