शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

इन्धन लिन भारत जान लागेको ट्याङकरबाट २ क्विन्टल गाँजा बरामद

१३ जेष्ठ, २०७८ १६:४९ मा प्रकाशित

434 पटक पढिएको

marijuana confiscated

वीरगन्ज – काठमाडौंबाट इन्धन लिन भारत जान लागेको ट्याङकरबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध बरामद गरेको छ।

भारतको बरौनी जान हिँडेको ना ४ ख २९७९ नम्बरको खाली ट्याङकरबाट १९ वटा पोकामा रहेको २ क्विन्टल १८ केजी गाँजा प्रहरीले बरामद गरेको हो।

गोप्य सूचनाका आधारमा बुधबार दिउँसो खटिएको प्रहरी टोलीले बाराको पथलैयास्थित महमद आलम साहको रामरहिम ग्यारेजमा रोकेर राखिएको उक्त ट्यांङकरको च्याम्बर भित्र लुकाएर राखिएको २ क्विन्टल १८ केजी गाँजा बरामद गरेको हो।

प्रहरीले गाँजासहित ट्याङकरका चालक महोत्तरीको बर्दिवास नगरपालिका ८ का ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवनको खैरहनी नगरपालिका २ का राजकुमार दवाडीलाई पनि पक्राउ गरेको छ।

पथलैयास्थित ग्यारेजमा रोकेर राखिएको ट्याङकरमा प्रहरीले चेकजाँच गर्दा च्याम्बरभित्र लुकाएर राखिएको २ क्विन्टल १८ केजी गाँजा सहित चालक गिरी र सहचालक दवाडीलाई पक्राउ गरेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

गाँजा बरामद भएको ट्याङकरसहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको गौतमले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome