बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग

१४ जेष्ठ, २०७८ १५:०७ मा प्रकाशित

710 पटक पढिएको

sher bahadur deuba

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा सभापति देउवाले घटनाको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।

‘भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो, यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन्,देउवाले लेखेका छन्,’ स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु।’

बिहीबार बेलुकी ८ बजेतिर कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome