शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

आर्थिक सर्वेक्षण ७७/७८ : प्रतिव्यक्ति आय ११९६ डलर

१४ जेष्ठ, २०७८ १५:१३ मा प्रकाशित

613 पटक पढिएको

minister bishnu paudel

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहेको बताएका छन्। आर्थिक वृद्धिको अनुमानलाई महामारीले समस्यातर्फ धकेलेको उनको भनाइ छ।

कुल राष्ट्रिय उत्पादनमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ नेपाली रुपैयाँ अर्थात ११ सय ९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रतिव्यक्ति आय ११ सय ९६ पुग्ने अनुमान गरेका हुन् । प्रतिव्यक्ती खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले बढ्दै १४ सय ८६ डलर पुगेको बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome