सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप ६,९५१ जनामा कोरोना पुष्टि, ९६ जनाको मृत्यु, ९,८४१ डिस्चार्ज

१४ जेष्ठ, २०७८ १८:२९ मा प्रकाशित

750 पटक पढिएको

corona patient dies

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ९५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ८४१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ४ लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ लाख १३ हजार ३४९ जना संक्रिय संक्रमित छन् । ८०९ जना क्वारेन्टाईनमा रहेका छन् । ७ हजार ९५० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १ लाख ५ हजार ४४४ जना होम आइशोलेसनमा रहेका छन् । १ हजार ६२७ जना आईसियुमा ४५० जना भेन्टिलेटरमा उपचारारत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ९६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्याको अभाव भएकाले जनतालाई संवेदनशील बन्न मन्त्रालयले अनुरोध गरिसकेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome